२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ढुङ्गाले लागेर एकजनाको मृत्यु

सिरिजङ्गा गाउँपालिका २ आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ५६ वर्षीय कर्णबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।

घोरेटो बाटो बनाउने क्रममा झरेको ढुङ्गाले लागेर उनको मृत्यु भएको जानकारी आफुलाई प्राप्त भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताए। स्थानीयले भने मृतकको नाम दुर्गाबहादुर भनेका छन्।

स्थानीय शिक्षक तेजबहादुर भट्टराईले शुक्रबार ११ बजेतिर उक्त घटना भएको जानकारी दिए। घटनास्थल सुरक्षाका लागि आम्बेगुदिनको खाम्दिनेस्थित प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ११ फाल्गुन २०८० १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App