१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दृष्टिविहिनलाई सगरमाथा चढ्न नरोक्नुः सर्वोच्च अदालत (भिडियोसहित)

काठमाडौं–सर्वोच्च अदालतले दृष्टिविहिनलाई सगरमाथा चढ्नबाट बञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ । 
दृष्टिविहिन अमित केसी नामले चिनिने चित्रबहादुर खत्री क्षेत्रीले आफूलाई सरकारले गैर कानुनी र गैर संवैधानिक रुपमा सगरमाथा चढ्नबाट बञ्चित गरेको भन्दै हालेको मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, चोलेन्द्रशम्शेर राणा, ओमप्रकाश मिश्र र दीपककुमार कार्की रहेका छन् । 

पर्वतारोहण नियमावलीमा रहेको शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई हिमाल चढ्न नदिनेगरी ल्याएको व्यवस्थाको खारेज गर्न माग गर्दै बाग्लुङको जयमुनी नगरपालिका–४ का दृष्टिविहिन केसीले मंगलवार मुद्दा दर्ता गरेका थिए ।

आफू दुवै आँखा गुमाएको दृष्टिविहिन व्यक्ति भएको र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अन्तिम तयारीमा रहेको बेला पर्वतारोहण नियमावली वाधक बनेको उनको जिकिर थियो ।

केसीकाे अाराेहण तयारी तलको लिंकमा हेर्नुहोस् ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App