१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ललितपुर नापी कार्यालयका नापी सर्भेक्षकसहित ३ जना घुससहित पक्राउ

ललितपुर नापी कार्यालयका नापी सर्भेक्षक रामवीर यादवसहित ३ जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई साढे २ लाख घुससहित मङ्गलवार पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई सेवाग्राहीबाट २ लाख ५० हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो।

जग्गा कित्ताकाट गरी जग्गा धनी प्रमाणपुर्जा बनाउन सेवाग्राहीसँग उनीहरूले घुस मागेको सूचना आएपछि अख्तियारको टोली खटिएको प्रवक्ता घिमिरेले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १० माघ २०८० ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App