११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

भोजपुर-  गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बत्तीस वर्षीय मग्रातीले अनुसन्धानमा आफूले जन्माएर फ्याँकेको स्वीकार गरेपछि प्रहरीले मुद्दा चलाएको प्रहरी निरीक्षक ख्याम नेपालले जानकारी दिए। फ्यालिएको शिशु भने उनका आफन्तले पालनपोषण गरिरहेका छन् । उनको थप अनुसन्धान भइरहेको छ । उनका अनुसार मग्रातीका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् ।रासस

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App