१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सोमेश्वर जैविक मार्गमा १४ वटा बाघ

चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सोमश्वर जैविक मार्गमा १४ वटा बाघ पाइएको छ।

बाघको अवस्था बुझ्न ४० दिन लगाएर गरिएको गणनामा ८ पोथी र ६ भाले गरी १४ वटा पाटे बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

निकुञ्जले असोज २५ गतेदेखि क्यामेरा जडान गरेर बाघको गणना गर्न सुरु गरेको थियो।

अनुगमन कार्यमा ६२ वटा ग्रिडमा विभाजन गरी सेन्सर जडित ६२ जोडी क्यामेरा २/२ वर्ग किलोमिटरको क्षेत्रफलमा जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

 सोमेश्वर जैविक मार्गमा सन् २०१८ को राष्ट्रिय बाघ सर्वेक्षणमा ३ वटा र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा ८ वटा बाघ फेला परेका थिए। 

पछिल्लो ५ वर्षको अवधिमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि गर्न निकुञ्ज कार्यालय सफल भएको उनले बताए। 

(

प्रकाशित: २५ पुस २०८० ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App