१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गाँजा मिसाइएको केकको अनलाइन कारोबार गर्ने पक्राउ

काठमाडौंमा केकमा अवैध लागुऔषध गाँजा मिसाएर अनलाइनमार्फत कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोबाट २६ वर्षीय विशन मानन्धरलाई शुक्रबार पक्राउ गरेको हो। ब्युरोले आइतबार मानन्धरसहित उनीसँग बरामद भएको गाँजा, केक, केक निर्माण सामग्रीसहित सार्वजनिक गरेको छ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ब्याम्ब–ओङग नेपाल’ नामक आइडी बनाएर मानन्धरले गाँजा मिसाएको केकको कारोबार गरिरहेको ब्युरोले जनाएको छ। राजधानीमा ‘डार्क नेट’को प्रयोग गरेर ‘डार्क वेभ’ शैलीमा बर्थडे केकमा लागुऔषध मिसाएर कारोबार भइरहेको विशेष सूचना प्राप्त भएपछि ब्युरोले अपरेसन थालेको ब्युरो प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्द थपलियाले जानकारी दिए। उनले भने, ‘अपरेसनका क्रममा मुख्य कारोबारीसम्म पुग्न निकै समस्या भयो। साइबर ब्युरोको समेत सहयोग लिएपछि बल्ल ब्याम्ब–ओङ्ग आइडीका फलोअर्ससम्म हामी पुग्यो। त्यसपछि मात्रै मानन्धरसम्म पुग्न सफल भयौं।’ 

फलोअर्सबाट अर्डर लिएर मुख्य कारोबारी९मानन्धर०सम्म पुग्न खोज्दा पनि निकै कठिनाई भएको उनले बताए। ‘यो कारोबार निकै गोप्य रुपमा चलाएका रहेछन्। यो शैली लागु औषधको अन्तर्राष्ट्रिय क्षेत्रमा डार्क नेट र डार्क वेभका नामले प्रचलित शैली हो,’ एसएसपी थपलियाले भने।  

प्रहरी टोलीले मुख्य कारोबारी मानन्धर रहेको पत्ता लगाएपछि घट्टेकुलोस्थित घरमा पुगेको थियो। जहाँ पुग्दा खान तलासीको क्रममा  गाँजाको धुलो १२१ ग्राम,  तयारी अवस्थाको केकको झोल १७८ ग्राम, गाँजा  ३ किलो ७५४ ग्राम, केक तौलिन प्रयोग भएको डिजिटल तराजु एकथान, केक तयार पार्न प्रयोग हुने इलेक्ट्रिक ओभन एक थानसहित विभिन्न सामग्री बराबद गरेको प्रहरीले जनाएको छ।

मानन्धरले एकबर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाइ अनलाइन डेलीभरी गरिरहेको प्रहरी अनुसन्धानले फेला पारेको छ। उनले केकको अर्डर इन्स्टाग्रामबाटै लिने गरेको प्रहरीले जनाएको छ।

ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० चक्रराज जोशीका अनुसार मानन्धरका गाँजा मिसाइएको केकका ग्राहक विशेषगरी होस्टेलमा बस्ने विद्यार्थी, किशोरकिशोरी रहेको पाइएको छ। 

प्रकाशित: २२ पुस २०८० ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App