आजबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को शुभारम्भ भएको छ। नयाँ वर्षको पहिलो दिन आज नेपालसहित विश्व नै खुशीयाली मनाइरहेको छ।
सन् २०२३ को अन्तिम महिना डिसेम्बरको अन्तिम दिन ३१ तारिखको मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष २०२४ को स्वागत गरियो। नयाँ वर्षको अवसरमा विश्व नै निकै रङ्गिन बनेको छ।
अन्तर्राष्ट्रिय डेटलाइनका कारण विश्वका विभिन्न मुलुकमा तारिख परिवर्तन हुने समय फरकफरक छ। क्यालेन्डर पूर्ण रुपमा परिवर्तन हुन २६ घन्टाको समय लाग्ने गर्छ। तर, सबैभन्दा पहिले नयाँ वर्षको स्वागत किरिबातीमा गरिएको छ। त्यसपछि न्यूजिल्यान्डमा।
विश्वका विभिन्न मुलुकले पटखा पड्काउँदै, गीत सङ्गित गाउँदै, बजाउँदै र नाच्दै नयाँ वर्षको स्वागत गरेका छन्।
यस्तो देखियो नयाँ वर्षको स्वागतमा झुमिरहेको संसारः
प्रकाशित: १६ पुस २०८० ०१:५० सोमबार