५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नेत्र ज्योति सघलाई दुई करोडको जग्गा निःशुल्क

फाइल तस्वीर

म्याग्दीका एक दम्पतीले नेत्र ज्योति संघ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्। पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको संघलाई मालिका गाउँपालिका ६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन्।

रोका दम्पतीले संघलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गरेका हुन्। शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले संघका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गरे।

हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको संघलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ। संघको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन्।

यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैंले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनुभएको थियो।

–रासस

प्रकाशित: १४ पुस २०८० ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App