१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

थोरै काम धेरै विवाद

पर्यटनमन्त्रीको एक वर्ष

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सुदन किरातीले पाए। माओवादी केन्द्रकै नेता सुदनको पर्यटन मन्त्रीका रूपमा पछिल्लो एक वर्ष विवादरहित बन्न सकेन।

मन्त्री नियुक्ति भएदेखि राम्रा वा नराम्रा कामले निरन्तर चर्चामा रहेका किरातीले मन्त्रालय सम्हालेलगत्तै गरेका सकारात्मक कार्यअन्तर्गत वायुसेवा निगममा ई-टिकेटिङको व्यवस्था हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएको अर्को महिना माघमा नेपाल वायुसेवा निगममा ई–टिकेटिङको व्यवस्था भएको थियो।

पहुँच भएकाले मात्रै ग्रामीण तथा दुर्गम क्षेत्रमा उडानको टिकट पाउने र सर्वसाधारणलाई टिकट पाउन मुस्किल हुने भएकाले इ-टिकटिङ प्रणाली सुरु गरेको उनले बताएका थिए।

यस्तै सरसफाइ निर्देशिका बनाएर मन्त्रालय मातहतका सबै निकायमा सरसफाइ अधिकृत तोकिएको छ। मन्त्रालयले सांस्कृति सम्पदा, पर्यटकीयस्थल तथा विमानस्थल सरसफाइसम्बन्धी निर्देशिका, २०७९ जारी गरी सरसफाइ अधिकृत तोकिएको हो। जसअन्तर्गत मन्त्रालय आफैंले पशुपति सफाइ अभियान चलाएको थियो भने सो सरसफाइ अभियान लुम्बिनी र जनकपुरमा पनि विस्तार भएको थियो।

यसै क्रममा गत चैत महिनामा मन्त्रालयले हिन्दु विश्वविद्यालय निर्माण अध्ययन तयारी समिति गठन गरेको छ। नेपालको धर्म, दर्शन, संस्कृति र लोकपरम्परा लगायतको नेपालमुखी रैथाने विषय अध्ययन अध्यापन गराउन ‘श्री पशुपति हिन्दु विश्वविद्याय’ खोल्न आवश्यक रहेको भन्दै मन्त्रालयले तयारी समिति गठन गरेको हो। साथै मन्त्रालयले रैथाने विश्वविद्यालय निर्माण गर्ने भनेर अध्ययन समिति गठन गरेका छ।

मौलिक ज्ञान र सीपको संरक्षणसँगै समयअनुकूल वैज्ञानिकीकरणका लागि रैथाने विश्व विद्यालय खोल्न लागिएको मन्त्री किरातीले बताएका छन्।

यस्तै, चैतमा नै मन्त्रालयले पर्यटन विश्वविद्यालय निर्माण गर्न कानुन निर्माण मस्यौदा समिति गठन गरेको छ। मन्त्रालयको तत्कालीन सचिव सुरेश अधिकारीको संयोजकत्वमा सात सदस्य पर्यटन विश्वविधालय विधेयक निर्माण समिति बनेको थियो।

पर्यटन प्रवर्द्धन गरेर मात्र देशलाई आर्थिक विकास गर्न सकिने भएको कारण पर्यटन विश्वविद्यालय आवश्यक रहेको भनी मन्त्रालयले समित गठन गरेको थियो।

 यसै क्रममा मन्त्री किरातीले सुशासनको क्षेत्रमा पनि कदम चालेको दाबी गरेका छन्। एयरपोर्टमा भोइस रेकर्ड फेला पारेपछि सामान्य प्रबन्धकलाई कारबाही गर्नेलगायतका धेरै कुरामा सुधार गरेको उनको तर्क छ।

क्रमिक पर्यटन माउन्टेरिङको क्षेत्रमा टाइम्स कार्ड लागु गरिएको छ। गाइविना पर्यटक हिँड्न नपाउने व्यवस्था लागु गरी जुगल हिमाल एकदेखि पाँचसम्म चढ्न पाउने गरी खुला गरिएको छ।

यस्तै, मन्त्रालयको अर्को राम्रो निर्णयअन्तर्गत नेपाल वायुसेवा निगमले थप तीनवटा साना जहाज किन्ने निर्णय हो।

जहाज किन्ने विषयमा सधैं सकारात्मक रहेका मन्त्री किरातीले आन्तरिक उडानमा सेवा विस्तार गर्ने लक्ष्यसहित निगमले आन्तरिक स्रोतबाट तीन जहाज खरिद गर्ने निर्णय गरेको बताएका छन्।

निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीरसमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेर कार्य सुरु गरिसकेको छ।

हाल निगमसँग आन्तरिक उडानका लागि हाल दुई वटा ट्विनअटर जहाज छन्। र, ती जहाजमार्फत विभिन्न १५ गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ। साथै निगमले चालु आर्थिक वर्षको सात महिनासम्म १३ करोड ७१ लाख २६ रूपैयाँ कर अघिको नाफा कमाएको छ।

निगमले साउनदेखि माघसम्मको सबै खर्च एवं ऋणको ब्याजसमेत तिरेर उक्त रकम बचाएको हो। यस्तै, २०३५ सालमा बनेको पर्यटन ऐनलाई खारेज समयसापेक्ष नयाँ पर्यटन ऐन निमार्णको तयारीमा रहेको छ।

विभिन्न सकारात्मक कामहरू गरेका मन्त्री किरातीका विवादित पक्ष पनि उत्तिकै रहेका छन्। उनी सबैभन्दा विवादित बनेको विषय भनेको डा. ल्यारक्याल लामा नियुक्ति प्रकरण हो।

गत असोज महिनामा डा. ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्दैगर्दा मन्त्री किराती निकै विवादित भएका थिए। उनको यो निर्णयको चौतर्फी आलोचना भएको थियो।

विवादास्पद पृष्ठभूमिका पूर्वराज्यमन्त्रीसमेत रहेको लामा पूर्वराज्यमन्त्री तथा तत्कालीन संविधानसभावका सदस्य थिए। विवादास्पद व्यक्तिलाई कोष उपाध्यक्षमा नियुक्त गरको भनी मन्त्री किरातीको आलोचना भएको थियो। लामा ठगी तथा हातहतियारसम्बन्धी अपराधमा पटकपटक प्रकाउ परेको व्यक्ति हुन्।

प्रकाशित: ९ पुस २०८० ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App