१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जडीबुटी चोरी–निकासी बढ्यो

जाजरकोट – जाजरकोटको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो। 

पटक–पटक चोरी–निकासीका लागि वडा कार्यालय र सामुदायिक वनले ताकेता गरेपनि स्थानीय व्यापारीबाट लुकिछिपी चोरी–निकासी रोकिएको छैन। 

जुम्लाका व्यापारीको मिलेमतोमा यहाँका हिमालबाट चोरी–निकासी बढेको छ । वारेकोट गाउँपालिका–४ का सबै हिमालमा जडीबुटी चोरी–निकासी बढेको हो । काँडामासी, भुत्ले, खिराङलो, चुक, पाँचऔले, लसुन, तीतेपाती लगायतका जडीबुटी चोरी–निकासी भएको छ। 

स्थानीय व्यापारीले कामदार नै लगेर चोरी–निकासीका लागि संकलन तथा निर्यात गरिरहेका छन् । हिमालमा ४०० भन्दा बढी पाल राखेर चोरी–निकासी भइरहेको स्थानीयवासी कालीबहादुर बोहराले बताए। 

स्थानीय व्यापारीबाट चितुवा, बाघ, भालु, मृग तथा विभिन्न वन्यजन्तुसमेत चोरी–शिकारी यही ठाउँबाट भइरहेको छ । जुम्लाको सिमानामा भएका कारण निगरानी गर्न समस्या भएको छ । सामुदायिक वनका केही सदस्यको मिलेमतो समेत रहेको बताइएको छ ।  (रासस)

प्रकाशित: १० माघ २०७४ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App