१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बलु पौडेल हत्यामा संलग्न ३ जना पक्राउ, सीआइवीले सार्वजनिक गर्दै

काठमाडौं- रुपन्देहीमा हत्या भएका व्यवसायी बसन्त पौडेल (बलु) को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनको पुस २१ गते देवदह २ ढेकावारमा रहेको आफ्नै सःमिलमा आगो तापेर बसिरहेका पौडेललाई ग्राहक बनेर मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेर  भागेका थिए।

पक्राउ परेकाहरुलाई आज नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) का डिआइजी पुष्कर कार्कीले नागरिकन्यूजलाई बताए।

एक बर्षअघि पनि सोही क्षेत्रमै युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो।

घटनालगत्तै मनोज पुन बताउने व्यक्तिले संचारकर्मीलाई टेलिफोनमार्फत घटनाको जिम्मेबारी लिएका थिए।

 

प्रकाशित: ७ माघ २०७४ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App