७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चोरी भएका गरगहनासहित चार पक्राउ

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरू पक्राउमा परेका हुन्।

पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ महेश यादव रहेको प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए। 

उनीहरुको साथबाट काँडाबाला हसुली दुई थान, काँडावाला चुरी दुई थान, काँडावाला चुरा दुई थान, बच्चाले लगाउने काँडाबाल चुरी आठ थान, बच्चाले लगाउने सादा चुरा १२ थान, महिलाले लगाउने पञ्चक पाँच थान, विभिन्न नमूना र आकारका बाला सात थान, पायल १६ थान र २० थान दुईहारे सिक्री बरामद गरिएको छ। 

यसैगरी पाउजु ५१ थान, ब्रासलेट १२थान, सिक्री थान ४५, चुरी ठूलो एक सानो २ थान, काटिएको बेरुवा एक थान , औंठी ४९ थान, बिच्छी ४२थान , चकती १७ थान, गणेश भगवान्को मूर्ति एक थान, सिन्दूर क्याप एक थानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ। 

त्यस्तै चोरी भएको रकमबाट खरिद गरिएको ना४९प १९०७ नंको टिभिएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। पक्राउ परेका चारैजनामाथि अनुसन्धान भइरहेको जनाइएको छ। 

प्रकाशित: ४ माघ २०७४ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App