९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

अग्नी पीडित परिवारलाई आर्थिक सहयोग

खोटाङ – आगलागीमा परी बिचल्नीमा परेका खोटाङका एक अग्नी पीडित परिवारलाई देशबिदेशबाट ८१ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ।

गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्नीमा परेका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईका परिवारलाई हङकङ, मलेसिया, काठ्माण्डौं लगायतका स्थानमा सञ्चालन गरिएको अग्नी पीडित पुनर्स्थापना अभियानका क्रममा संकलन भएको ८१ हजार ६० रुपैयाँ प्रदान गरिएको हो। अग्नी पीडित राई परिवारको पुनर्स्थापनाका लागि देशबिदेशबाट पीडितका छिमेकी एबं सामान्य प्रशासन अधिकृत खम्बराज राईको खातामा जम्मा भएको रकम पीडितलाई हस्तान्तरण गरिएको अभियानमा सहभागीहरुले बताएका छन्।

आगलागीमा घर तथा बन्दोबस्तीका सामान गुमाएका पीडितको पुनर्स्थापना एबं सहज जीवनयापनका लागि हङकङमा रहेका नयन राई, मलेसियामा रहेका जनक राई, काठमाडौंमा रहेका द्धारसिं राई लगायतको पहलमा सहयोग आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। पीडितको सहयोगार्थ मलेसिया, हङकङ, काठमाडौंबाहेक साउदीअरब, ब्रुनाई, कुबेत लगायतका ठाउँबाट पनि सहयोग प्राप्त भएको बताइएको छ। ‘पीडितको सहयोगार्थ मेरो खातामा जम्मा भएको रकम पीडितलाई हस्तान्तरण गरिसकेका छौँ,’ पीडितका छिमेकी रहेका सामान्य प्रशासन अधिकृत राईले भने, ‘विपत्तीको सामना गर्नका लागि आफन्त तथा शुभेच्छुकले पीडितको सहयोगार्थ अभियान चलाएका हुन्।’

आगलागीमा राईको १६ लाख ४८ हजार बराबरको धनमाल नष्ट भएको थियो। आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाय लगायत जलेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ माघ २०७४ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App