१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृत्यु

लहान - करेन्ट लागेर सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा गएराति एक युवकको मत्यु भएको छ ।

विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर पोखरभिण्डा निवासी २३ वर्षीय गोविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा बिजुली बत्ती बाल्नका लागि हुकिङ गर्ने क्रममा अचानक एक फेज तार चुँडिएर करेन्ट लाग्दा यादवको तत्काल मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।
 

प्रकाशित: १ माघ २०७४ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App