२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विराटनगरको कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु

विराटनगर महानगरपालिका–७ स्थित सात घुम्डी रोडमा रहेको एक कवाडी गोदाममा आगलागी भएको छ।

विराटनगरको मुख्य बजार क्षेत्रमा रहेको कवाडी पसलको गोदाममा भएको आगलागी स्थिति बाहिर रहेको र आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ।

अहिले विराटनगर महानगरपालिकाको दमकल, दुहबी नगरपालिकाको दमकलका साथै स्थानीय, प्रहरी र सेनाको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

आगलागीमा परि एक जनाको मृत्यु भएको छ। न्युरो अस्पतालमा उपचाररत विराटनगरका दिपक मण्डलको मृत्यु भएको हो। घाइते भएका अन्य ४ जनाको भने उपचार भइरहेको छ। 

प्रकाशित: २० मंसिर २०८० १०:४८ बुधबार

आगलागी