२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

स्कुल बस दुर्घटनामा एकको मृत्यु

चितवन – इच्छाकामना गाउँपालिका वडा नम्बर–५ स्थित पानीधारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नम्बरको ट्रकले सोहीतर्फ हिडिरहेकाे बा१ख ५५५० नम्बरको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार इच्छाकामना गाउँपालिका वडा नम्बर– ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएकाे थियाे ।

बुधबार बिहान भएको दुर्घटनामा परी गम्भीर घाइते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । गाडीमा सवार सोही गाउँपालिका वडा नम्बर ४ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नम्बर ३ का ५० वर्षीय रामबाबु श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

दुर्घटनालगत्तैं ट्रक र बस सडकबाट करिब ५०/६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको थियाे । ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा बालबालिका नभएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ ।

प्रकाशित: २६ पुस २०७४ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App