काठमाडौं – अदालतको अवहेलना गरेको मुद्दामा सर्वोच्च अदालत पुर्याइएको डा. गोविन्द केसीको मुद्दालाई न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको इजलासमा परेको छ । यसअघि डा. केसीलाई मंगलबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेर सिंहदरवार वृत्तमा राखेको थियो ।
डा. केसीको तर्फबाट भने अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । त्यस्तै उनको विपक्षमा भने उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ र श्यामप्रसाद खरेल लगायतले बहस गर्नेछन् ।
प्रकाशित: २५ पुस २०७४ ०६:४२ मंगलबार