२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

रुकुम – रुकुम पश्चिममा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । 

सानीभेरी गाउँपालिका– ९ सिम्लीमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग गरिएको म१त १३५ नंको ट्र्याक्टर दुर्घटना हुँदा निर्माणमा संलग्न मजदुर आठबिसकोट नगरपालिका–११ का १७ वर्षीय प्रेम विकको मृत्यु भएको हो। 

दुर्घटनामा सोही ठाउँका २० वर्षीय डिलबहादुर सिर्पाली, २४ वर्षीय इन्द्रबहादुर विक, आठसिकोट नगरपालिका–९ का १८ वर्षीय गणेश पुन र ट्र्याक्टर चालक बर्दियाका रामसागर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चौधरी, पुन र विकको अवस्था गम्भीर रहेको छ। उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। सानीभेरी नदीबाट बालुवा ल्याउँदै गर्दा सो ट्र्याक्टर दुर्घटनामा परेको हो। 

प्रकाशित: २० पुस २०७४ ११:४८ बिहीबार

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु