७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ – लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

आज बिहान ४ः०० बजे लैनचौरमा बा९०प १४०० नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताए। दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा ५ः१५ बजे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो।

प्रकाशित: १७ पुस २०७४ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App