२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चिसोका कारण जनजीवन प्रभावित

नवलपरासी – विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको छ। घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन्। 

चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किसान चिसोका कारण खेतमा काम गर्न जान नसकेको सुस्ताका छोटे खानले बताए। 

चिसो र शीतलहर बढेको हुँदा तरकारीखेती पनि प्रभावित भएको किसानले दुखेसो व्यक्त गरेका छन्। आलु गोलभेँडा लगायतका तरकारीमा डडुवा रोग लागेर तरकारी बाली नष्ट भएको विनय त्रिवेणी– ७ रानीनगरका किसान गोवद्र्धन कुर्मीले जानकारी दिए। 

चिसोले गर्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित भएको अवस्था छ। चिसोले वृद्धवृद्धामा बाथ, दम, रुघाखोकीको प्रकोप देखा परेको छ भने बालबालिकामा निमोनिया श्वासप्रश्वासका रोगी उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने गरेको सहिद स्मृति सामुदायिक अस्पातल चौपताका मेडिकल अधिकृत नीरज रौनियारले बताए। 

चिसोले स्कुले बालबालिकाको विद्यालय जाने संख्या कम भइरहेको छ। चिसोबाट बच्नका लागि बढी तातो भई बस्ने र बढी तातो पेय पदार्थ पिउने र घरमै बस्न चिकित्सकले सल्लाह दिएका छन्। 

प्रकाशित: १६ पुस २०७४ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App