९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भीषण आगलागीमा १० टहरा जले

खोटाङ – खोटाङको केपीलासगढी गाउँपालिकाको व्यापारिक केन्द्र बाक्सिलामा आगलागी भएको छ । केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको बुधबारे हाट लाग्ने बजारमा बुधबार राति आगलागी  हुँदा १० वटाभन्दा बढी टहरा जलेका छन्।

केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईको घर अगाडिको टहराबाट आगो सुरु भएको स्थानीयले बताएका छन्। ‘टहरामा आगो लागेको राति दुई बजेतिरमात्र थाहा भयो,’गाउँपालिका प्रमुख राईले भने, ‘तत्काल निभाउन सफल भएकाले बजारमा आगो फैलिन पाएन।’

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले भने हाटका दिन व्यवसायीले अगेनामा बालेको आगो ननिभाई छाडेका कारण आगो लागेको हुनसक्ने बताए । ‘यस विषयमा अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने, ‘व्यवसायीले बालेको आगो ननिभाई छाडेका कारण राती आगो लागेको हुनक्ने अनुमान गरिएको छ।’

प्रकाशित: ६ पुस २०७४ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App