४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

दोस्रोपटक परकम्प: आठबीसकोटमा चारजना घाइते

आज पुनः परकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन्। दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प आउँदा नगरपालिकाका चारजना घाइते भएका हुन्।

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रबि केसीले जानकारी दिए। घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ। परकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन्।

आज पनि जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन्। रासस

प्रकाशित: २० कार्तिक २०८० १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App