५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

न्यायाधीश सिन्हा सेवा निवृत्त

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा उमेर हदका कारण सेवा निवृत्त भएका छन्। संविधानले नै सर्वोच्च अदालतमा न्यायाधीशको उमेर हद ६५ वर्ष तोकेको छ।

कानुन अनुसार सेवा निवृत्त हुने न्यायाधीशहरू बढेपछि अब सात न्यायाधीशको पद रिक्त रहेको छ। प्रधानन्यायाधीश सहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था रहेको छ। ६५ वर्ष पुगेपछि सेवाबाट निवृत्त हुनुपर्ने प्रावधानका कारण सर्वोच्चमा न्यायाधीशको संख्या घटेको हो।

मुद्दाको चाप बढी र न्यायाधीशको संख्या कम हुँदै जाँदा मुद्दाका चाङ झनझन बढ्दै गएका छन्। सिन्हा कानुन व्यवसायी पृष्ठभूमिबाट आएका हुन्। उनी २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायधीशमा नियुक्त भएका थिए।

कर्पोरेट कानुनका विज्ञ मानिने सिन्हा प्रविधिमा पनि चासो राख्नेमा पर्छन्। सर्वोच्चका न्यायाधीशहरू मध्ये उनी विवादमा नपरेका न्यायाधीश पनि हुन्। उनी कार्यक्षमतामा दख्खल राख्नेमा पर्छन्।

न्यायाधीश सिन्हा सूचना प्रविधि महाशाखा प्रमुखसमेतको जिम्मेवारी सम्हालेका थिए। सर्वोच्च अदालतलाई प्रविधिमैत्री बनाउनमा उनको देन छ। पेसी तारिखमा भएको अटोमेसन प्रणाली, स्वचालित तारिख तोक्ने सफ्टवेयर बनाउनमा पनि उनको भूमिका छ।

प्रकाशित: १५ कार्तिक २०८० ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App