२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुगु हत्या प्रकरण: पोस्टमार्टमका लागि चारै जनाको शव सदरमुकाम ल्याइयो

मुगुमा भएको एकै परिवारका चार जनाको हत्या प्रकरणमा पोस्टमार्टमका लागि चारै जनाको शव सदरमुकाम ल्याइएको छ।

शनिबार बिहानैदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको हो।

छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँबाट शव गमगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

मुन्दु गाउँ जिल्ला सदरमुकामदेखि २ घण्टा टाढा रहेको छ। उनका अनुसार मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा घर आइसकेपछि मुचुल्का गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम गमगढी ल्याइएको हो। घटना घटेपछि शुक्रबार साँझ कतारबाट हिँडेका दीपक शनिबार बिहान ११ बजे घर आइपुगेका थिए।

शुक्रबार मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो।

उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको प्रहरीले जनाएको छ।

मृतक आमा श्रीदेवी छोरा छोरीसहित ७ गते दसैँको टीका थाप्न उक्त वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टिका, जमरा लगाएर छोराछोरी सहित उनी ८ गते बेलुका घर फर्किएकी थिइन्। प्रहरीका अनुसार साेही रात उनीहरुको सामूहिक हत्या भएको हाे।

प्रकाशित: ११ कार्तिक २०८० १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App