चरेस र चितुवाको छालासहित प्रहरी हवलदारसँगै तीन जना पक्राउ
चरेस र चितुवाको छाला सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्दसँगै धनकृष्ण रोकाया र हेमराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ६ किलो ७ सय ४० ग्राम चरेस र ७ फिट ६ इन्च लम्बाई र १ फिट १० इन्च चौडाईको चितुवाको छाला बरामद गरिएको प्रहरीको भनाइ छ।
जुम्लामा मार्सी धान भित्र्याउन चटारो
जुम्लाका ८ वटै स्थानीय तहका किसानलाई यतिबेला जुम्ली कालीमार्सी धान काट्न चटारो छ। २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाकाको भनाइ छ।
धर्म गुरुहरूद्वारा पर्वप्रति सम्मान र ऐक्यबद्धता प्रकट
बाँकेका धर्म गुरुद्वारा विभिन्न समुदायका सामाजिक र सांस्कृतिक पर्वहरू प्रति सम्मान र ऐक्यबद्धता प्रकट गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा बसेको सद्भाव समितिको बैठकमा मुलमहन्त, मौलाना, ईशाई धर्मगुरु, शिखगुरु गरे पर्व, उत्सव, जात्रा र महोत्सवमा सहभागी भइ भव्यताका साथ मनाउन अपिल गरे।
पोखरामा हिमाली च्यांग्राको मेला
दसैं नजिकिएसँगै पोखराको हेम्जा, याम्दी, सिमपानी लगायतका क्षेत्रमा हिमाली च्यांग्राको मेला नै लागेको छ। यस वर्ष मुस्ताङबाट ५ हजार ८ सय च्यांग्रा पठाइएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख ऋषिराम पोखरेलको भनाइ छ।
भरतपुर महानगरको बजार अनुगमन तिब्र
किराना पसल, मासु पसल, होटल, रेष्टुरेन्ट, डेरी पसल लगायतमा भरतपुर महानगरपालिकाको चाडपर्व लक्षित बजार अनुगमन केन्द्रित छ। बिहीबार मात्रै ८ र ९ वडामा अनुगमनका क्रममा केही पसलहरूबाट २४ थान अमिलो र दुई थान अचार बरामद गरी नष्ट समेत गरेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाको भनाइ छ।
मधेसको चिन्तामा पूर्वराष्ट्रपति
चुरे उत्खननले मधेसको भूमि मरुभूमिमा परिणत हुने अवस्था सिर्जना भएको पूर्व राष्ट्रपति डा। रामवरण यादवले चिन्ता व्यक्त गरेका छन्। विगतमा स्वर्गजस्तै रहेको मधेस चुरे र चुरे तलको भावर क्षेत्रमा जंगल र ढुङ्गा, गिट्टीको विनास तथा उत्खननका कारण मरुभूमिमा परिणत हुने अवस्था आएको यादवको भनाइ छ।
तमोर–मेवा जलविद्युत आयोजना निर्माण हुने
लामो समयदेखि चर्चामा रहेको १ सय २८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको निर्माण यसै वर्षबाट हुने भएको छ। बिक्रम संवत २०८५ असोज २५ गतेभित्र बिजुली उत्पादन गरिसक्ने गरी आगामी चैतको पहिलो साताबाट निर्माण शिलान्यास गर्ने विद्युत प्राधिकरणसँग खरिद सम्झौता गरेको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको भनाइ छ।
प्रकाशित: २ कार्तिक २०८० १३:२९ बिहीबार