२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित

काठमाडाै - राष्ट्रपति विद्यादेवी भण्डारीबाट पूर्व राष्ट्रपति डा रामवरण यादव ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित भएका छन् ।

२०४६ सालको अान्दोलनका कमान्डर स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रवार काठमाडाैमा गरेको समारोहमा यादवलाइ अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो । 
शान्ति प्रक्रियाका विभिन्न चरणमा पुर्‌याएकाे योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गरेको भूमिकाका लाागि डा यादवलाई अभिनन्दन गरिएको हो । 
समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग अपिल गरिन् । 
पूर्व राष्ट्रपति डा यादवले सबैले स्वीकार गरेको नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए। रासस
 

प्रकाशित: २४ कार्तिक २०७४ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App