३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

स्वास्थ्यमन्त्रीले नेपालमा डाक्टर र नर्स पढ्न पाएनन् भन्नु भ्रामक: डा. गोविन्द केसी

अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् भन्नु भ्रामक रहेको बताएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले वास्थ्यमन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् बिदेसिन प¥यो भन्नु भ्रामक भएको बताएका हुन्।

नेपाल मेडिकल काउन्सिल को तथ्याङ्क अनुसार चिकित्सा शिक्षा ऐन लागु भए यता मेडिकल शिक्षाको लागि विदेश जाने विद्यार्थीको संख्या गुणात्मक रूपमा कम भएको र मेडिकल कलेज मा सशुल्क पढ्ने हरुको लागि तोकिएका सिट हरु खाली भइरहेको उनले बताएका छन्।

चिकित्सा शिक्षा ऐन चिकित्सा शिक्षा विद् हरुको महिनौँको अध्ययन अनुसन्धानबाट तयार पारिएको र ऐन अनुसार कुनै शिक्षालय आउन नरोकेको पनि बताएका छन्।

तीन–चार दशकदेखि सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू नथपिएको र भएकामा पनि दरबन्दी नबढ्दा डाक्टर नर्स लगायतका स्वास्थ्य जनशक्ति बेरोजगार रहेको उनले बताएका छन्।

‘स्वास्थ्यमन्त्रीको हैसियतले यस्ता समस्या सम्बोधन गर्नुपर्ने थियो’ उनले भनेका छन्, ‘मापदण्ड नपुगेका र नियम कानुन मिच्ने निजी शिक्षालयहरूलाई कारबाही गर्ने कदम चाल्नुको साटो उल्टै उनीहरूको वकालत गर्दै हिँड्नु निन्दनीय काम हो।’

आफूहरूसँग भएको सहमतिअनुसार २०८० सम्म प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान सञ्चालन गर्नुपर्ने भए पनि माफियाहरूसँग मिलेर रोकेको भन्दै उनले सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: २४ आश्विन २०८० ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App