२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सहचालकले चलाएको बोलेरो दुर्घटना, आठ जना घाइते

खोटाङ– खोटाङमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट बुधबार यात्रु लिएर महुरेतर्फ जाँदै गरेको बा१२च ४९८५ नम्बरको मालबाहक बोलेरो जीप दुर्घटनामा भएको प्रहरीले जनाएको छ । 
रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका शिखर घिमिरे, सोही स्थानका कुमार कार्की, चक्रबहादुर सयाल, राजन खत्री, टंक दाहाल, निरबहादुर खत्री, होमनाथ कार्की र गोपाल कार्की घाईते भएका हुन् । 
सहचालकले चलाएको चलाएको महुरे–फोक्सिङटार सडक खण्डको विजयखर्कस्थित साँगुरी भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल बुलेरो खसेको प्रहरीले जनाएको छ । 
घाइते घिमिरेको स्वास्थ्य चौकी बुइपामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । अधिकांश घाईतेको हातखुट्टा तथा शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । 
उनीहरुको बुइपास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये चालक घिमिरेको अवस्था अन्यको भन्दा गम्भीर छ । उनको टाउकोमा गहिरो चोट लागेको छ । दुर्घटना लगत्तै सह–चालक सुवाश राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रनाउ थापाले बताए । सह–चालक राईको सवारी चालक अनुमतीपत्र नरहेको पाइएको छ । 

प्रकाशित: १५ कार्तिक २०७४ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App