२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु

कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। मंगलार बिहान बहिनीको र साझ दिदीको मृत्यु भएको हो।

बाणगंगा नगरपालिका– ९ भलवाडका मोतिलाल क्षेत्रीका कान्छी छोरी ३ वर्षिया रितको बिहान मृत्यु भएको थियो। ८ वर्षीया इशिका क्षेत्रीको साँझ ६  तिर मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले बताए। राति सुतीरहेको उनीहरुलाई सर्पले डसेर घाइते भएका थिए। 

सर्पले डसे पनि थाहा नपउँदा उपचारमा ढिलाई भएको थियो। पछि सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिगेमा लगिएको थियो। बहिनीको केन्द्रमा ल्यादै खेरी मृत्यु भइसकेको केन्द्रमा प्रमुख नबिन भण्डारीले बताए।

उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। सयम मै उपचारमा गर्न नल्याउदा दुबैको मत्यु भएको भण्डारीले बताए।

प्रकाशित: १७ आश्विन २०८० १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App