१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मुस्ताङमा हिमाली युद्धकला सिक्दै अमेरिकी सेना

काठमाडौं –मुस्तागंको जोमसोममा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त  हिमाली युद्धकला तालिम शुरु भएको छ । तालिममा सेनाको महावीर रेञ्जर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशल ट्याक्टिस स्क्वायड र स्पेशल अप्रेशन गु्रप सहभागी छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार तालिममा विपद् व्यवस्थापन सम्बन्धी उच्च पहाडी, हिमाली र उच्च हिमाली क्षेत्रमा उद्धार र हिमाली युद्धकलामा आधारित सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिइने छ । तालिम महावीर रेञ्जर रेजिमेन्ट छाउनी, कास्की जिल्लाको पोखरा र मुस्ताङ जिल्लाको जोमसोम र मुक्तिनाथ ईलाकामा २८ दिनसम्म चल्नेछ ।

प्रकाशित: १ कार्तिक २०७४ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App