१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हिमाली क्षेत्रमा २६ जनालाई मलेरियाको संक्रमण

बाजुरा– मुगुको रिंघामा एउटै गाउँमा २६ जना मलेरियाका बिरामी भेटिएका छन् । गाउँमा रहेका ६९ जनामा गरिएको परिक्षणमा २६ जनामा मलेरियाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।बिरामी मध्ये २१ जना महिला र ५ जना पुरुष रहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीबाट गएको ल्याप टेक्निसियनको टोलीले गरेको परिक्षणबाट संक्रमण पत्ता लागेको हो । कोल्टीमा देखा परेको मलेरिया रोगको संक्रमणबाट पीडित एक जना महिलाबाट गाउँमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । गर्मी ठाउँमा मात्र देखा पर्ने रोग भनिएपनि पछिल्लो समय हिमाली क्षेत्रमा पनि संक्रमण देखिएको छ । रोग नियन्त्रण गर्न मुगु जिल्ला स्वास्थ्य कार्यालयको टिम प्रभावित क्षेत्रका लागि हिँडीसकेको बताईएको छ । राज्यले २०२० सम्म देशलाई मलेरिया मुक्त बनाउने अभियान संञ्चालन गरेको छ ।

प्रकाशित: १ कार्तिक २०७४ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App