कपिलवस्तु - कपिलवस्तुको यशोधरा गाउँपालिका–४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ । बुधबार बिहान ४ बजे लागेकाे आगाेले तीन तोला सुन, २० हजार नगद, पाँच सेट मोबाइल, खाद्यान्न, लत्ता कपडा गरी लगभग चार लाख बराबरको धनमालकाे क्षति गराएकाे छ ।
मोहम्मदका छोरा कादिर खानका बिहेका लागि ल्याइएका लत्ताकपडा र अन्य भाडा समेत आगलागीमा जलेका हुन् । आगलागीबाट गोठमा रहेको एउटा गोरु मारेको छ भने तीन वटा गोरु घाइते भएका छन् । फुसको छानो भएको गाईवस्तुको गोठमा धुवाँले लामखुट्टे भगाउनको लागि परालमा आगो बालिएको र त्यही आगोबाट आगलागी भएको स्थानीय अनिल मालीले जानकारी दिएका छन् ।
प्रकाशित: १ कार्तिक २०७४ ०६:२२ बुधबार