१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

प्रमुख प्रशासकीयले उल्ट्याए कार्यपालिकाको निर्णय

टीकापुर नगरपालिका कार्यपालिकाको निर्णय विपरित प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टद्वारा जिम्मेवारी खोसिएका सिभिल इन्जिनियर नवराज जोशीलाई पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाको प्रमुखमा पुर्नबहाली गरिएको छ। कार्यपालिकाको निर्णय विपरित आफू खुशी सडक मर्मतको रकम दुरुपयोग गरेको भन्दै नगरपालिकाले कारबाही गरेको थियो।  

नेतृत्व चयनकालागि कर्णालीमा पनि मतदान हुने

सर्वसम्मत नेतृत्वका लागि तीन दिनदेखिको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुंग्याइने भएको छ। पोलिटव्यूरो सदस्य गोरख बोगटीको समर्थन पाएका कालिकोटका मिनबहादुर शाही र अर्का पोलिटव्यूरो सदस्य यामलाल कँडेलको समर्थ पाएका सल्यानका गुलावजंग शाहबीचको प्रतिष्पर्धाका लागि शनिबार साढे १२ बजेबाट मतदान हुने छ।

मोटर मर्मत गर्दा करेन्ट लागेर एकको मृत्यु  

घरमा मोटर मर्मत गर्ने क्रममा रुपन्देहीको सियारी गाउँपालिका ७ बनगाईका १८ वर्षीय राजेश यादवको करेन्ट लागेर मृत्यु भएको छ। गम्भीर घाइते यादवको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको रुपन्देही प्रहरीको भनाइ छ।

दमौलीमा लामखुट्टे ‘सर्च एण्ड डिस्ट्रोय’

तनहुँ सदरमुकाम दमौलीको ब्यास नगरपालिका क्षेत्रमा पछिल्लो समय डेंगी संक्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान तिब्र पारिएको छ। डेंगीबाट सबैभन्दा बढी प्रभावित यो क्षेत्रमा २२ सय १० बिरामी पर्दा ३ जनाले ज्यान गुमाएका छन्।

मकवानपुरमा मुद्दा र पक्राउको संख्या बढ्दो

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा  मकवानपुरमा विभिन्न प्रकृतिका घटना तथा मुद्दा र त्यसमा संलग्नको आरोपमा पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७७÷७८ मा जिल्ला प्रहरी कार्यालयमा ७ सय ३२ मुद्दा दर्ता हुँदा ५८७ नेपाली र ७ विदेशी गरी ५ सय ९४ जना पक्राउ पर्दा आर्थिक वर्ष २०७८÷७९ मा ८ सय २ वटा मुद्दा दर्ता हुँदा ७ सय १ नेपाली र २९ विदेशी गरी ७ सय ३० जना पक्राउ, यस्तै गत अर्थिक वर्ष २०७९÷८० मा ८ सय ६६ वटा मुद्दा दर्ता हुँदा ७ सय २९ नेपाली र ३५ विदेशी गरी ७ सय ६४ जना पक्राउ परेका छन्।  

बाल बिज्याइँ गरेका दुई जना फरार

वीरगन्ज महानगरपालिका–४ विर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान करिब २ बजे छत माथिको तारजाली काटेर बिज्याइँ गरेका दुई जना फरार भएका छन्। कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दाका आरोपित दुवैको खोजी भइरहेको प्रहरीको भनाइ छ।

ओली भन्छन्ः सरकार अपराधी र तस्करको संरक्षक

अहिलेको गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी छ। सरकारको तत्कालै विकल्प खोज्नु पर्ने अवस्था भए पनि नेपाली काँग्रेसका कारण विकल्प नदेखिएको उनको भनाइ छ।

प्रकाशित: १२ आश्विन २०८० १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App