१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

१३ हजार कुकुर र बिरालोलाई रेबिज बिरुद्धको खोप

१७ औं राष्ट्रिय रेबिज दिवसको अवसरमा प्रदेशभर असोज ६ देखि आजसम्म मनाइएको छ।  सो अवसरमा सुदूरपश्चिममा १३ हजार कुकुर र बिरालालाई रेबिज बिरुद्धको खोप लगाइएको छ। गतवर्ष देशभरी १ सय २२ जनावरमा रेबिज देखिँदा सुदूरपश्चिममा मात्र ४३ जनावर रहेको पशु अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख पशुचिकित्सक नरेन्द्र प्रसाद जोशीले बताए। ५ हजार विद्यार्थीलाई समेत रेबिज बारे जानकारी दिइएको उनको भनाइ छ।  

भेरी किनारमा छुट्टै आयोजना

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनतालाई सिंचाइ, विद्युतीकरण, सडक पूर्वाधार लगायतका सामाजिक सेवा पु¥याउने उद्देश्यले सरकारले नयाँ कार्यालय स्थापना गरेको छ। भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाटगाउँसम्म भेरी किनारका जनताले लाभ पाउने कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको विश्वास छ।

एन प्याब्सनले शिक्षा विधेयकमा संशोधन प्रस्ताव पेस गर्ने

संघीय संसद्मा पेश गर्न प्रस्तावित शिक्षा विधेयकमा सरकारलाई छुट्टै संशोधन प्रस्ताव पेस गर्ने एन प्याब्सनले निर्णय गरेको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)को नेपालगन्जमा सम्पन्न पाँचौं केन्द्रीय बैठकले यस्तो निणर्य गरेको हो।

अतिक्रमणमा फिर्केखोला

पोखरा सहर भएर बगेको फिर्के खोलामाथि नै १८ स्थायी र १० वटा अस्थायी गरी २८ घरटहरा निर्माण भएको पाइएको छ। पोखरा महानगरपालिकाद्वारा गठित नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन अनुसार खोलाको मापदण्ड मिचेरका १ सय ६० संचरना भेटिदा ३५ स्थायी छन् भने ९७ वटा अस्थायी छन्।  

इन्द्रजात्रा मनाइँदै

काठमाडौं शहरको प्राचिन बस्ति बसन्तपुरमा वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा गरेर मनाइएको छ। मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको जात्रा असोज १५ गते सोमबार राति ध्वज पतनपछि समाप्त हुने छ।

तस्करीका सामानसहित चार ट्रक प्रहरी नियन्त्रणमा

भारतबाट ल्याइएको तस्करीका सामानसहित चार ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त ट्रकबाट एक करोड ३१ लाख ९५ हजार बराबरको सामान नियन्त्रणमा लिएको बारा जिल्ला प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए।  

असोज १२ गते उराउ जातिलाई विदा दिने निर्णय

असोज १२ गते उराउ तथा झाँगड समुदायलाई सार्वजनिक बिदा दिने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ। कर्मधर्म पर्वका अवसरमा विदा दिने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई लिला बल्लभ अधिकारीले बताए।  

प्रकाशित: ११ आश्विन २०८० १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App