काठमाडौं—निजगढ नगरपालिका–१ स्थित जन ज्योती सामुदायिक बनमा शनिबार सोही नगरपालिका मझिटोल बस्ने ५४ बर्षीय मेख बहादुर पुलामी मगर र २४ बर्षीय राज कुमार सुनार बिश्वकर्माले घाँस काट्ने क्रममा अपरिचित शिकारीले थापेको धरापमा परी बिश्वकर्माको बाँया खुट्टाको पिडुलामा छर्रा लागी घाईते भएका छन्।
प्रहरीले घटनास्थल सर्च गर्दा ३ नाल भरुवा बन्दुक फेला पारेको साथै घाईतेलाई थप उपचारको लागी काठमाडांै लगिएको छ। मेख बहादुर पुलामी मगर सहित २ जनालाई आबश्यक अनुसन्धानको लागी प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: २२ आश्विन २०७४ ०९:१६ आइतबार