काठमाडौं—नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक परेको छ। उनकी ८२ वर्षीया आमा टंककुमारी ढकालको शनिबार चितवनमा निधन भएको हाे। चितवन कलेज अफ मेडिकल साइन्समा उपचारका क्रममा बिहान ९ बजे निधन भएको अस्पताल स्राेतलाइ उदृत गर्दै अध्यक्ष ढकालका स्वकिय सचिव जितेन्द्र श्रेष्ठले जनाए।
उनकाअनुसार दिवंगत टंककुमारी दम र निमोनियाबाट पीडित थिइन्। पार्थिव शरीर हिन्दू परम्पराअनुसार आजै देवघाटमा अन्त्येष्टि गरिएको छ। छोराछोरीले गर्नुपर्ने १३ दिने मृत्युकर्म हिन्दू संस्कारअनुसार चितवन कालिका-६ खोलेसीमलस्थित निवासबाटै सुरू गरिएको उनले जानकारी दिए।
टंककुमारीका दुई छोरा र सात छोरी छन्। परिवार दल अध्यक्ष एवं सांसद रहेका एकनाथ जेठा छोरा हुन्।
प्रकाशित: २१ आश्विन २०७४ १४:१२ शनिबार