१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बस दुर्घटनामा चार गम्भीर घाइते

दैलेख, असोज १२ – सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नम्बरको बस बुधबार साँझ साढे ६ मा दुर्घटना हुँदा बसमा चढेका २२ जना घाइते भएका छन् । 
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकोले उपचारका लागि सुर्खेत लगिएको दैलेख प्रहरीले जानकारी दिएको छ । 
‘बुधबार साँझ कोहलपुरबाट पूजापाठका लागि घरपरिवारका आफन्त चढेको बस दुर्घटना भएको थियो । बसमा चढेका सबैजसो सामान्य घाइते भएका भए पनि उदय शाही, अंगत शाही, तारा शाही र बस चालक उपेन्द्र शाही गम्भीर घाइते भएको थिए,’ दैलेख प्रहरी प्रमुख सरोज पौडेलले भने । 

प्रकाशित: १२ आश्विन २०७४ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App