१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नारायणटारबाट अपहरित युवाको गौरीगाउँबाट प्रहरीले उद्धार गर्‍यो

काठमाडौं—गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने खोटाङ हलेसी वाङचुङ नगरपालिका–११ घर भएका २३ वर्षीय उद्धबकुमार मगरलाई अपहरण गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय अनिल लिम्बु लगायत ७ जनालाई बा.६१ प ६२२७ नम्बरको स्कुटर सहित सोमबार प्रहरीले पक्राउ गरेको छ। 

निज मगर नारायणटारबाट अपहरणमा परेको भन्ने सूचना प्राप्त भए पश्चात् खोजतलास गर्ने क्रममा  काठमाडौं महानगरपालिका–३२ गैरीगाँउस्थित शारदा गेष्ट हाउसको छतबाट कैलाश बिकास बैंक लिमिटेडको कृष्णकुमार कार्कीको नाममा काटिएको ५ लाख रुपैयाँको चेक १ थान सहित उनीहरुलाई पक्राउ गरी मगरलाई प्रहरीले उद्धार गरेको हो। 

प्रकाशित: १० आश्विन २०७४ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App