१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

उच्च अदालतका सात न्यायाधीशको सरुवा

उच्च अदालतका सात र जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा गरिएको छ। न्याय परिषद्को आज बसेको बैठकले न्यायाधीशको सरुवा गरेको हो।

बैठकले जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उत्तिर्ण गरेकोप्रति छलफल गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने, '२९ जनाका लागि  खुलाएको विज्ञापनमा जम्मा १ जना उत्तीर्ण भएको पाइयो, यसबारे पनि बैठकमा समीक्षा भएको छ।'

गत २६ जेठमा न्याय सेवा आयोगले २९ जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा दुई सय ११ जनाले लिखित परीक्षा दिएका थिए। उनीहरूमध्ये पारसमणि पोखरेल मात्रै उत्तीर्ण भएका छन्। उनको अन्तर्वार्ता सोमबार हुँदै छ। उनी न्याय सेवामा उपसचिव छन्।

प्रकाशित: ३१ भाद्र २०८० १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App