१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोरङको कानेपोखरीमा आगोले जलेर तीनको मृत्यु

उर्लाबारी- मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ। सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा आज बिहान ३ बजे अचानक आगलागी भएको थियो। 

आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुरकी आमा ८६ वर्षीया गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको आगोले जलेर मृत्यु भएको हो। चन्द्रबहादुर पनि घरभित्रै रहेकाले उनको शव भने फेला नपरेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए। 

आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ५ आश्विन २०७४ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App