२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्पले डस्दा विद्यालयका कार्यालय सहयोगीकाे मृत्यु

कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइयामा सर्पले डस्दा आधारभूत विद्यालयका कार्यालय सहयोगीको आज बिहान मृत्यु भएको छ । १८  वर्षीय बैजनाथ भुजको बिहान ६ बजेतिर मृत्यु भएको हो । घरमा सुती रहेको अवस्थामा भुजलाई विषालु सर्पले टोकेको थियो । सर्पले टोके पनि उनलाई र परिवारलाई त्यस बारे जानकारी थिएन ।

मध्यरातमा केही असजिलो भए पछि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ उनलाई सामान्य औषधी गरेका पछि घर फर्केका थिए । बिहान असहाय पेट दुख्ने र श्वास प्रश्वासमा समेत समस्या आए पछि बुद्धभुमी नगरपालिका– २ सिथत सर्प दंश उपचार केन्द्रमा लगिएको थियो ।

त्यहाँ उनको उपचार संभव नभए पछि प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । बुटवल तर्फ जानेक्रममा बाटामै भरको मृत्यु भएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । उपचारका लागि केन्द्रमा ल्याउन ढिलाइ गर्दा भरको मृत्यु भएको भण्डारीले बताए ।  

प्रकाशित: २८ भाद्र २०८० ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App