२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई महिनामा सर्पदंशबाट ६ को मृत्यु

फाइल तस्वीर

दाङमा गत साउन र भदौ महिनामा सर्पदंशबाट ६ जनाको मृत्यु भएको छ। सर्पदंशबाट एक महिला, तीन पुरुष र दुई बालबालिकाको मृत्यु भएको हो।

साउनमा पाँच जना र भदौमा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार गत साउनमा एक महिला, दुई पुरुष र दुई बालबालिकाको मृत्यु भएको छ भने भदौमा एक पुरुषको मृत्यु भएको छ।

यसैगरी यो दुई महिनामा सर्पले दाङमा एक सय सातजनालाई डसेको छ। गत साउनमा ७० जनालाई सर्पले डसेको थियो भने भदौमा ३७ जनालाई डसेको छ। ६ जनाको सर्पदंशबाट मृत्यु भएको र एक सय एकजना भने उपचारपश्चात् निको भएको प्रहरी तथ्यांक छ। प्रहरीका अनुसार सर्पले डसेको संख्या सबैभन्दा बढी महिलाको छ।

गत साउन र भदौमा सर्पले ५४ जनालाई डसेको छ। साउनमा ३६ र भदौमा १८ जना महिलालाई सर्पले डसेको प्रहरीले जनाएको छ। यसैगरी यी दुई महिनामा ४१ पुरुषलाई सर्पले डसेको छ। साउनमा २८ र भदौमा १३ पुरुषलाई सर्पले डसेको छ।

यसैगरी यो दुई महिनामा सर्पले डसेको बालबालिकाको संख्या १२ छ। साउनमा ६ र भदौमा ६ बालबालिकालाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित: २८ भाद्र २०८० ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App