१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ढुंगा खसेर टाउकोमा लाग्दा सशस्त्र प्रहरीको मृत्यु

रसुवा— पासाङल्हामु राजमार्गको रसुवा खण्डमा सडक सुधार गर्ने क्रममा ढुङ्गाले लागेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवानको आइतबार उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत सशस्त्र प्रहरी जवान ३३ बर्षिया रमेशकुमार श्रेष्ठ रहेका छन्।

नुवाकोट जिल्ला बिदुर नगरपालिका–९ गेर्खु स्थायी घर भएका श्रेष्ठ रसुवामा कार्यरत थिए। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित ठाडे नजिकै राजमार्ग सुधार अभियानको क्रममा ढुङ्गाले लागेर गम्भीर घाइते भएका उनलाई हिजो सेनाको हेलिकप्टरमार्फत काठमाडौस्थित ट्रमा सेन्टरमा लगिएको थियो। 

उक्त अस्पतालमा हिजो बेलुकी नै अप्रेसन गरिएको थियो। अप्रेशन पश्चात स्वास्थ्यमा केही सुधार देखिए पनि आइतबार बिहानबाट उनको स्थिति नाजुक बन्दै गएको थियो। १.१५ बजे अस्पतालले उनलाई मृत घोषित गरेको हो। 

सशस्त्र प्रहरी रसुवाका प्रहरी नायब उपरिक्षक प्रकाश वाग्लेका अनुसार माथिबाट ठूलो ढुंगा खसेको र भाग्न खोज्दा उनलाई ढु्ंगाले लागेको थियो। अन्य साथीहरुले ढुंगा आयो भनेर भागे, श्रेष्ठ भने भाग्न खोज्दा खोज्दै एक्कासि ढुङ्गाले लाग्यो,’ उनले भने। 

जिल्ला प्रशासन कार्यालय रसुवाले सञ्चालन गरेको राजमार्ग सुधार अभियान अन्तर्गत हिजो बिहान ठाडेदेखि सोलेसम्म सडकको खाल्डाखुल्डी पूर्ने कार्य भैरहेको अवस्थामा उनलाई ढुङ्गाले लागेको थियो।

प्रकाशित: २५ भाद्र २०७४ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App