१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज देशका विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

महाशाखाले आज बिहान सार्वजनिक गरेको सूचना अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। आज बिहान कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने पनि महाशाखाले जनाएको छ। महाशाखाले मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको जनाएको छ।

यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहितको मौसम बदली हुने भएकाले सम्भावित जोखिमबाट बच्न पनि सबैलाई आग्रह गरेको छ।

प्रकाशित: २२ भाद्र २०८० ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App