१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

खाद्य संस्थानको चामल विमानस्थलमा नै कुहियो

मुगु- नेपाल खाद्य संस्थानले हुम्लाका लागि पठाएको खाद्यन्न मुगुको ताल्च विमान स्थलमा नै कुहिएको छ। संस्थानले हुम्लाको सिमिकोट वितरण केन्द्रका लागि पठाएको खाद्यन्न ताल्चा विमानस्थलबाट ढुवानी हुन नसक्दा तीस केजीका एक सय वोरा खाद्यन्न कुहिएको हो। नेपाल खाद्य संस्थान सुर्खेतले ठेकेदार कमल गुरुङलाई हुम्लाका लागि खाद्यन्न ढुवानीको जिम्मा दिएको र ठेकेदारले गाडीबाट ताल्चा विमानस्थल पुगेको खाद्यन्न सिमिकोट ढुवानी नगर्दा वर्षाको पानीका कारण खुल्ला ठाउँमा रहेको खाद्यन्न कुहिएको हो ।

ठेकेदारले हुम्लाका लागि बाजुरा हुँदै सिमीकोट र मुगुको ताल्च विमान स्थलसम्म गाडी र विमान स्थल देखि हवाई मार्गबाट सिमिकोटसम्म खाद्यन्न ढुवानी गर्ने जिम्मा  लिएको तर वर्षाका कारण ढुवानी गर्न नसकेको जानकारी आएको नेपाल खाद्य संस्थान सुर्खेतका कार्यालय प्रमुख भिम थापाले जानकारी दिए । ठेकेदारले संस्थानसंग गरेको सम्झौता अनुसार समयमा नै खाद्यन्न ढुवानी गर्न नसके वा खाद्यन्न सम्बन्धि स्थानमा नपुर्‍याई नासमास गरेको खण्डमा प्रति केजी १ सय ४ रुपैयाँका दरले अशुल उपर गरिने थापाको भनाई छ ।

धनगढीबाट उठाईएको खाद्यन्न केही बाजुरा भएर  हुम्ला ढुवानी गरेको र मुगुको ताल्च विमान स्थलसम्म गाडीबाट र विमान स्थल देखि सिमिकोटसम्म जहाँजबाट खाद्यन्न ढुवानी गर्दा सहज र छिटो पुग्ने भए पनि ढुवानीको जिम्मा लिएका निजी कम्पनिका विमानले ढुवानी नगरिदिँदा खाद्यन्न कुहिएको ठेकेदार कमल गुरुङले बताए । ताल्च विमानस्थलबाट सिमिकोटसम्मका लागि निजी कम्पनिका मकालु एयर र सीता एयरसंग सम्झौता गरे पनि असार यता मौसम प्रतिकुल रहेको, मानसरोवर जाने भारतीय तिर्थालुको भिडभाडका कारण जहाजले खाद्यन्न ढुवानी गर्न नमानेका कारण विमानस्थलमा नै खाद्यन्न कुहिएको गुरुङको भनाई छ। समयमा खाद्यन्न ढुवानी हुन नसके पछि संस्थानलाई अहिलेसम्म तीन लाख हर्जना तिरिसकेको र बाँकी थप गरिएको समय पौष मसान्त सम्म खाद्यन्न ढुवानी गर्न नसके वा खाद्यन्न नासमास भए संस्थानको नियम अनुसार जरिवाना तिर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

 सिमिकोटका लागि ताल्च विमानस्थल पुगेको खाद्यन्न लामो समय देखि विमानस्थलमा नै थन्किएको छ । एक सय वोरा जति खाद्यन्न विमान स्थलमा प्लाष्टिकले छोपेर राखेको भए पनि वर्षाको पानीले भिजे पछि खाद्यन्न विमान स्थलमा नै कुहिएको हो।

प्रकाशित: १२ भाद्र २०७४ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App