१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सुधारिएको चुलो वितरण

चुलो वितरण गदै तिलागुफाका मेयर शंकरप्रसाद उपाध्याय र उपमेयर महेन्दबहादुर शाही। तस्विरः ललित विष्ट कालिकोट।

पछिल्लो समय गाउँका गृहिणीहरू धुवाँरहित सुधारिएको चुलोमा खाना पकाउन आकषिर्त भएका छन्। परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि उनीहरुलाइ तिलागुफा नगरपालिकाले निशुल्क सुधारिएको चुलो वितरण गरेको छ। दाउरा कम लाग्ने र धुवाँ नियन्त्रण हुने भएपछि गृहिणीहरूलाइ सुधारिएको चुलो वितरण गरिएको नगरपालिकाले जनाएको छ।

तिलागुफा नगरपालिकाले स्थानीय नागरिकलाई धुवाँबाट बचाउन निशुल्क सुधारिएको चुलो वितरण गरेको हो। तिलागुफा नगरपालिका र वैकल्पिक उर्जा प्रवधन केन्द्रको सहयोगमा कम दाउरा लाग्ने धुवाँ रहित चुलो वितरण गरिएको हो। सुधारिएको चुलोको प्रयोगले दाउरा प्रयोगमा कमि भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम, खर्चमा समेत कमि ल्याउन सकिने बताइएको छ।  

नगर प्रमुख शंकरप्रसाद उपाध्यायका अनुसार  धुवाँबाट बच्न सुधारीएको चुलो आवश्यक रहेको बताए। सुधारीएको चुलोले दाउराको खपत घटाउने, चुलोको कार्यदक्षता बढाउने र घर भित्रको धुवाँ कम गर्ने भएकाले सुधारीएको आधुनिक चुलो प्रयोग गर्न सुझाव दिए। उनले भने ‘यो चुलो प्रयोगले धुवाँमा हुने हानिकारक कण र ग्यासको मात्रा धेरै हदसम्म घट्ने भएकाले दम, खोकी, निमोनीया, क्यान्सर, स्वाशप्रस्वास, फोक्सोका रोग, मुटु रोग,आँखा चिलाउने, मोतीबिन्दु र टाउको दुख्ने रोगबाट पनि बच्न सकिन्छ।’ उनले भने ‘नगरापलिकाका सबै नागरिकलाइ चुलो वितरण गर्ने अभियान रहेको छ।  

पहिलो चरणमा नगरपालिकाको १ देखि ५ नम्बर वडालाइ वितरण गरिने भएको छ। आफु निर्वाचित भएको १५ महिना पछि नागरिकलाइ चुलो वितरण गर्न सफल भएको मेयर उपाध्यायको भनाइ छ।

स्थानीय कर्णसिला पाण्डेले सुधारीएको चुलोले अव आफुलाइ सहयोग भएको बताइन्। उनले भनिन् ‘यस अघि भान्सा गर्न समस्या हुन्थ्यो, अहिले सहज भएको छ।’ थोरै दाउरामा छिट्टै खाना पान्ने भएकाले समय र दाउराको बचत यसको मुख्य फाइदा भएको उनको भनाइ छ ।’ भन्सा किन गर्नपर्दो हो भन्ने हुन्थ्यो,’ उनले आफ्नो भान्साकोठा सुधारिएको चुलो बनाएदेखि चिटिक्क परेको बताईन्।

नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले तिलागुफा नगरपालिकाको वडा नम्वर ३ का  ३ सए ३४ घरपरिवारलाई पहिलो चरणमा वितरण गरिएको बताए। एक करोड १४ लाखको लगानीमा नगरपालिकाका ३३ सय घरपरिवरलाइ चुलो ढुवानी गरी वितरण गर्ने बताए। उनले भने ‘नगरपालिकालाइ सफलपार्न वडाका सबै नागरिकको सहयोग अपरिवार्य हुने बताए।  

नगरपालिकाको  वडा नम्बर ३ को फोइमा  अहिले सडक सुबिधा, विधुत, खानेपानी पुगिसकेको बताए उनले नगरपालिकाको सबै विकासको लागि स्थानीयले सहयोग गनुपर्ने बताए। आगामी दिनमा पनी वडाबासिलाइ रोजगारसंग जोड्न विभिन्न कार्यक्रम गरीने नगरपालिकाले जनाएको छ।

वडानम्बर ३ का अध्यक्ष सुर्य बहादुर शाहीले वडाका नागरिकको लागि आफुले नगरपालिका संग अनुरोध गरी नागरिकलाइ चुलो वितरण गर्न सफल भएको बताए । नागरिकका सबै सेवासुबिधा वडाबाट प्रभाह भइरहेको बताए ।  वडा अध्यक्ष सुर्यबहादुर शाहीको अध्यक्षता तथा नगरप्रमुख शंकरप्रसाद उपाध्या, उपप्रमुख आथित्यता तथा उपप्रमुख महेन्द्र बहादुर शाहीको विशेष आतिथ्यतामा चुलो वितरण गरीएको छ। 

प्रकाशित: ११ भाद्र २०८० ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App