७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाढीबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, २१ हजार विस्थापित

फाइल तस्विरः एपी

काठमाडौं— अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मुलकभरि ८० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार ३६ जना हराइरहेका छन् भने २५ जना घाइते भएका छन्।

बाढी र पहिरोका कारण २ हजार ८४७ घर क्षतिग्रस्त भएका छन्। २१ हजार ४ ४६५ जना विस्थापित भएका छन्।

शुक्रबारदेखिको अविरल वर्षाका कारण तराईमा बाढी र पहाडी जिल्लामा पहिरोले धनजनको क्षति पु¥याएको हो। प्रहरीको तथ्यांकअनुसार ४८ हजार ३१६ घर डुबानमा परेका छन्।


प्रधानमन्त्रीको हवाई निरीक्षण
प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपीडित क्षेत्रको निरीक्षण भ्रमणमा निस्किएका छन्। विशेष हेलिकोप्टरले अकाशबाटै पूर्व क्षेत्रको सप्तरी, सुनसरी, मोरङ र झापाको बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका छन्।

पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका प्रमुख डिआइजी रमेशकुमार भट्टराईले हेलिकोप्टरमा प्रधानमन्त्री देउवा, रक्षामन्त्री भिमसेन दास प्रधान, गृहमन्त्री जनार्दन शर्मा र सुरक्षा निकायका प्रमुखहरु रहेको जानकारी दिए।

प्रकाशित: ३० श्रावण २०७४ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App