७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाढीले बगाउँदा तीनको मृत्यु, ४० हजार परिवार प्रभावित

महोत्तरी- महोत्तरीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको लोहारपट्टि २ का इन्डल महरा, जलेश्वर नगरपालिका १ बस्ने शिव महरा र जलेश्वर २ का विक्की कुमार ठाकुरको बाढीमा परेर मृत्यु भएको हो।

बाढीले सदरमुकाम जलेश्वर लगायत जिल्लाको ७० प्रतिशत भुभाग डुवाएको छ। जिल्ला दैविक प्रकोप समितका अनुसार ४० हजार घर परिवार बाढीले प्रभावित भएङ्का छन् भने ४ हजार परिवार विस्थापित छन्।

बाढीका कारणा जलेश्वरमा रहेका सबै सरकारी कार्यालय बन्द छन्। उद्दार र राहतको समेत पहल हुन सकेको छैन।

जिल्लामा विद्युत तीन दिन देखि अवरुद्ध छन् भने इन्टरनेट सेवा पनि छैन। टेलिफोन सेवा आउने जाने भइरहेको छ। जिल्लाका सबै सडक सञ्जाल अवरुद्ध छन्।  

प्रकाशित: ३० श्रावण २०७४ ०९:१४ सोमबार

बाढीले बगाउँदा तीनको मृत्यु ४० परिवार प्रभावित