१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुई नागरिककर्मीलाई टेलिकमको सम्मान

नागरिकन्युजकर्मी क्रमशः सन्तोष न्यौपाने र सन्तोष पोखरेल

काठमाडौं— नेपाल टेलिकमले दुई जना नागरिककर्मीलाई सम्मान गर्ने भएको छ। २०७३ सालमा उत्कृष्ट समाचार प्रेसित गरे बापत टेलिकमले नागरिककर्मी सन्तोष न्यौपाने र सन्तोष पोखरेलाई संयुक्तरुपमा सम्मानित गर्न लागेको हो। सम्मानित हुनेमा गोरखापत्रका संवाददाता विश्वास रेग्मी पनि रहेका छन्।

सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशित र प्रसारित समाचार सामग्री मध्ये उत्कृष्ट सामग्री उत्कृष्ट समाचार छनोट गरी दुई जना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम अनुसार छनोट हुने सञ्चारकर्मीहरुको नाम घोषणा गरेको हो।

साउन २९ गते विशेष कार्यक्रम गरेर सम्मान गर्ने टेलिकमले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७४ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App