१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमा खुलेआम तस्करी (भिडियो)

लहान—कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपाल सामान भित्र्याउथेँ। पछिल्लो समय तस्करहरु दिउँसै मालसामान सहरमा भिœयाउँछन्। पसल–पसल पु¥याउँछन्। कानुन पालना गर्न भन्सारमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मी देखेको नदेखै गरिदिन्छन्।

पछिल्लो समय कर्मचारीसँग सेटिङ मिलाएर तस्करले सीमापारिबाट मालसामान भित्र्याउने कार्यलाई तीब्रता दिएका हुन्। तस्करहरुले कपडा, मोटरपार्टस, खाद्यान्न सामग्री, सुर्ती, गुट्खा र कस्मेटिक्स समानहरु सेटिङमा भित्र्याउँदा राज्यले पाउने राजस्व गुमिरहेको छ।

सिरहामा तीनवटा भन्सार कार्यालय सन्चालनमा छन्। ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर(खैरटोका)। यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ। सँगै जनपद प्रहरी पनि तैनाथ छ। सिरहाको तीनवटा नाकामा भन्सार कर्मचारी भएको कार्यालय सञ्चालनमा भए पनि अरु नाकामा सशस्त्र र जनपद प्रहरीको उपस्थित छ।

सामान लहानसम्म आइपुग्न प्रहरी पोष्ट ठाढी, ईलाका प्रहरी कार्यालय महेश्वारी, प्रहरी चेकपोइन्ट भगवानपुर र प्रहरी चेक पोइन्ट लहानको अस्पताल चोक पार गर्नुपर्छ। यतिका प्रहरी पोष्ट पार गरेर कसरी लहान आइपुग्यो तस्करीका सामान? लहानको मुख्य चोकमा निर्धक्क तस्करीका सामान कसरी अनलोड हुन सम्भव छ?

सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर, नरगी सबै ठाउँमा सशस्त्र र नेपाल प्रहरीको पोष्ट छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको समान भित्र्याउन बिना सेटिङ सम्भव नभएको सीमावर्ती गाउँका स्थानीय बताउँछन् ।

ठाडी नाकामा तस्करको राज

चल्तीको नाका ठाढी भन्सार कार्यालयको पछाडि सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) छ। जहाँ जनपद प्रहरीको सइको कमाण्डमा प्रहरीको पोष्ट छ। पारि नजिकको बजार लौकाहा छ। यहाँबाट करिब ७ किलोमिटर अगाडिको बजार खुटौना। एकताका तेस्रो मुलुकको सुपारी र लसुन तस्करी हुने मुख्य नाकाको रुपमा चम्किएको ठाढी सुपारी तस्करी बन्द भएपछि केही समय सुस्ताएको थियो।

पछिल्लो समय यो नाका पुनः चम्केको छ। यो नाकाबाट पराग खुट्खा पारि जाने र पारिबाट दैनिक उपभोग्य वस्तुसँगै सुर्ती र सुर्तीजन्य पदार्थ तस्करी भएर नेपाल भित्रिने क्रम बढेको छ। भन्सारमा नायव सुबा हाकिम हुने गरी कार्यालय सहयोगीहरु छन्। पारिबाट समान लिएर आउने समान्य उपभोक्ता मात्र भन्सार कार्यालय छिर्छन्। तस्करका समान भन्सार कार्यलय छिर्दैनन्। उनीहरुको समान सीमा पार गरेपछि पश्चिमको बाटो हुँदै सुरक्षाकर्मी (नेपाल र सशस्त्र प्रहरी)को उपस्थिति रहेको स्थान बसपार्क पुग्छ। बस पार्कमा बसको डिकी, छत, यात्रू बस्ने सिटमुनी, दुवैतिरको सिटको बीचको ओहोरदोहोर गर्ने बाटोमा समान लोड हुने दृश्य उपस्थित सुरक्षाकर्मीले रमिते बनेर हेरिरहेका हुन्छन्। बसमा लोड भएको त्यो समान लहान पुगेर ठाढी बसपार्क पुग्छ। जहाँ तस्करीका मालसामान अनलोड गरी यहाँका बजार र अन्य बजारहरुमा पुर्‍याइन्छ।

लहानको ठाढी बसपार्कमा तस्करीका सामान अनलोड भई दिनदहाडै ठेला र सिटिरिक्सामा हालेर बजार पुर्‍याएको दृश्य देखेर स्थानीयले प्रहरी हेडकक्वाटरको उजुरी छानविन शाखामा जानकारी गराएका थिए। शनिवार लहान–ठाढी चल्ने ना ३ ख १८६४ नम्बरको यात्रुबसमा लोड तस्करी सामान लहानको ठाढी ‘बसपार्क’ नजिक अनलोड भैरहेको सूचना ती अधिकृतलाई जानकारी गराएपछि प्रहरी प्रधान कार्यालयको त्यो शाखाबाट ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक हिराबहादुर पाण्डेलाई सामान पक्राउ गर्न निर्देशन जारी भएको थियो।

लहानको प्रहरी टोली आउन ढिला गरेपछि बसमा लोड तस्करीका धेरै सामान ठेला र रिक्सामा लोड गरी सुरक्षित स्थानमा पुयाइएको थियो। ती सूचनादाताले नागरिकन्युजसँग भने,‘ढिला गरी आइपुगेको प्रहरीटोलीले बसभित्रै हार्डवेयर र अन्य तस्करीका सामान बरामद गरे।’ बरामद हार्डवेयर र खाद्यान्न सामान कस्को थियो ? कसले ल्याएका थिए ? यसबारे ईलाका प्रहरी कार्यालय लहानले खुलाएको छैन।

डिएसपी पाण्डेसँग प्रतिक्रियाका लागि पटक पटक सम्पर्कगर्दा उनी सम्पर्कमा आउन चाहेनन्। एसएमएसमार्फत्  आग्रह गर्दा समेत उनले जवाफ फर्काएनन्।

यो सामान लहानसम्म आइपुग्न प्रहरी पोष्ट ठाढी, ईलाका प्रहरी कार्यालय महेश्वारी, प्रहरी चेकपोइन्ट भगवानपुर र प्रहरी चेक पोइन्ट लहानको अस्पताल चोक पार गर्नुपर्छ। यतिका प्रहरी पोष्ट पार गरेर कसरी लहान आइपुग्यो तस्करीका सामान? लहानको मुख्य चोकमा निर्धक्क तस्करीका सामान कसरी अनलोड हुन सम्भव छ? सिटि रिक्सा र ठेलामा लोड गरेर दिनदहाडै प्रहीको बाक्लो उपस्थिति रहेको बजारसम्म कसरी पुयाइयो तस्करीका मालसामान? यी प्रश्नको तथ्यपरक जवाफ प्रहरी र भन्सार कर्मचारीसँग छैन।

दुई प्रहरी निलम्बन
सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको समान वारि छिराएर लहान लगायतका बजारमा पुर्याउने तस्करी धन्दामा प्रहरीका ‘घुमुवा’(सादात पोशाकमा खटिने प्रहरी) सहयोगी बनिरहेको घटना केही अघि उजागर भएको थियो।

लाईन बुझाउने तस्करको सामान सुरक्षित रुपमै गोदामसम्म पु¥याउन ‘घुमुवा’ ले स्कर्टिङ गरिदिने समाचार नागरिकन्यूजमा प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाबाट प्रहरी अधिकृतहरु सिरहा सहितका जिल्लामा निगरानी बढाएका थिए। बैशाख महिनाको अन्तमा ईलाका प्रहरी कार्यालयमा घुमुवा (प्रहरी जवान)चन्द्रविर चौधरी र दिपेन्द्र पासवान, जिल्ला प्रहरी कार्यालय सिरहाका घुमुवा(प्रहरी) शिव मण्डल प्रहरी मूख्यालयको उजुरी छानविन शाखामा तानिएका थिए। छानविनको क्रममा प्रहरीको आचरणविरुद्ध काम गरेको, आर्थिक लेनदेनमा संलग्न रहेको भन्दै ईलाका प्रहरी कार्यालयका ‘घुमुवा’ चौधरी र जिल्ला प्रहरीका ‘घुमुवा’ मण्डल निलम्बनमा परेको जनाइएको छ।

तस्करी बढ्यो, राजस्व असुली घट्यो
भन्सार कर्मचारीहरु तस्करीका सामान नाकाबाट छिर्न नसक्ने दाबी गर्छन्। ‘हामीकहाँ आएजतिलाई भन्सार काटेरै पठाउँछौं । तस्करका सामान हामीकहाँ छिर्दैछिर्दैन’, भन्सार कर्मचारी भन्छन्। तर तस्करीको असर राजस्व असुलीमा प्रत्यक्ष रुपमा देखिएको छ।
भन्सारको असुली तथ्यांक अनुसार गत आर्थिक वर्ष (०७३/७४) को साउन महिनाको राजस्व असुली प्रतिशत ८३, भदौ महिनामा ७० प्रतिशत, असोज महिनामा ५१ प्रतिशत, कातिक महिनामा ४५ प्रतिशत, मंसिर महिनामा ६७ प्रतिशत, पुषमा ६२ प्रतिशत, माघमा ५६ प्रतिशत, फागुनमा ७४ , चैतमा ७६ प्रतिशत र बैशाखमा १ करोड ८६ लाख ७० हजारको लक्ष्यमा ७० लाख पनि असुली पुग्न सकेन । जेठमा १ करोड ८६ लाख ९ सय लक्ष्यमा ७३ लाख ६७ हजार अर्थात ३९ प्रतिशत मात्र असुली भएको छ। असारको मध्यसम्म (१४ गत्तेसम्म)  २ करोड ७ लाख ९ हजार ८ सयको लक्ष्यमा २५ लाख मात्र अर्थात १२ प्रतिशतमात्र असुली भएको देखिन्छ।

गत वर्ष (०७३/७४) भन्सार असुली लक्ष्य २० करोड ७४ लाख ३१ हजार छ। असारको मध्यसम्म ११ करोड ५९ लाख ४० हजार अर्थात ५६ प्रतिशत मात्र असुली भएको तथ्याकले  देखाउँछ।

गत वर्ष(आव ०७२/७३) मा भन्सार असुली लक्ष्य १९ करोड ६५ लाख २१ हजार थियो । तर असुली ९ करोड २७ लाख मात्र भएको तथ्यांकले देखाउँछ । गत्त वर्ष लक्ष्यअनुसार असुली नहुनुमा मधेश आन्दोलनलाई कराण देखाइएको थियो ।

भन्सार छली गरी समान भित्रिने क्रम बढेकोले भन्सार राजस्व असुलीमा भारी कमी आएको बताउने धेरै छन्। बजारमा पहिलाको भन्दा सामानको आपूर्ति र खपत बढेको छ। समानको आपूर्ति र खपत बढ्दा भन्सार राजस्व पनि बढ्नु पर्ने भन्सार प्रमुख राजेन्द्र प्रसाद हमाल स्वीकार्छन्।

आर्थिक वर्ष ०७१÷७२ मा तस्करको संजाल खुम्चिएको थियो यहाँ । ठाढी नाकाका एक स्थानीय भन्छन्,‘यहाँबाट नुनदेखि सुनसम्म र दैनिक उपभोग्य समान सबै वारपार हुन्छ। ‘सबै मिलेको छ हजुर ठाढी बसपार्कका एकजना पसले नागरिकसँग भने,‘सुरक्षकर्मीकै अगाडी तस्करका सामान बसभित्र त्यतीकै त लोड हुन्न नी ?’ हामीपनि उहाँहरुलाई (सुरक्षाकर्मी) मिलाएर पारिबाट सामान ल्याएर पसल चलाउँछौ, उनले नाम बाहिर नल्याइदिन आग्रह गरे।

जिल्ला भन्सार प्रमुख राजेन्द्रप्रसाद हमाल राजस्व असुली दर सन्तोषजनक नभएको स्वीकार्दै भने,‘भन्सार छलीको सामान हाम्रो आँखा अगाडिबाट गएको छैन।’ कतिपय शीर्षकमा भन्सार असुली शून्य छ तर सामान बजारमा छ्याप छ्याप । ‘भन्सारमा समान आउन कम हुँदा राजस्व घटेको हो’ उनले भने ।

शनिवार लहानको मूख्या चोक ठाढी ‘बसपार्क’ मा बसभित्र राखिएका तस्करीका सामान अनलोड गरिँदैको भिडियो माथि हेर्नुहोस्। फोटो/भिडियो: मिथिलेश

 

प्रकाशित: २५ श्रावण २०७४ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App